शुक्रवार, आश्विन १६ गते २०८३

अब देशकै नेतृत्व गर्नुपर्छ भन्ने लागिराछ : कुलमान घिसिङ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।

उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताएका छन् ।

घिसिङले भने, ‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ, त्यसबाट मलाई मन्त्रीको रुपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’

अब भने देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको बताएका छन् । घिसिङले भने, ‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार