शुक्रवार, आश्विन १६ गते २०८३

मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुख कर्णसमक्ष बुझाए राजीनामा पत्र

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । सदनमा पदबाट राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजिनामा पत्र बुझाएका हुन् । सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै उनले राजीनामा दिएका हुन् ।

पत्रमा उल्लेख छ, ‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार