शुक्रवार, आश्विन १६ गते २०८३

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा, नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान

बुधवार , मंसिर १७, २०८२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा।सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफ्नौ मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए । उनले मनत्व्य राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।प्रदेश प्रमुख कार्यालयले बुधबार मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजेभित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार