आइतवार, श्रावण २४ गते २०८३

धोबीखोलामा भेटियो करिब २५ वर्षीय युवकको शव

बिहिवार , मंसिर १८, २०८२

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले मृतक युवकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए। 

ती युवको साथमा रहेको कागजातबाट पहिचान खुलाउने प्रयास भइरहेको एसपी भट्टराईले बताए। ती युवक गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धाेबीखाेलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

पुलमा रेलिङ नभएको कारण ती युवक साइकलसहित पुलबाट खोलामा खसेको अनुमान गरिएके छ। मृतक युवकको टाउकोमा गहिरो चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोकिँदा उनको मृत्यु भएको अनुमान छ। युवकको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार