शुक्रवार, आश्विन १६ गते २०८३

ओली टिमबाट शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने

बिहिवार , मंसिर १८, २०८२

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न एघारौँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

एमालेको ११औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा उठ्ने तयारी उनले गरेका हुन् ।  यद्यपि ओली समूहले औपचारिक रूपमा प्यानल घोषणा गरिसकेको छैन। 

एमालेको एघारौँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई अध्यक्ष पदमा टक्कर दिने घोषणा गरिसकेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार