शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री कार्कीले बोलाइन् निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएकी छिन् ।

बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको हो । निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन् ।

छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको छ । दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउन लागेका छन् । यसअघिका छलफलमा पनि ती दलबाट दोस्रो तहका नेताहरू नै छलफलमा सहभागी हुने गरेका थिए ।

त्यस्तै निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरूको पनि बैठकमा सहभागिता हुनेछ । बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार