शुक्रवार, आश्विन १६ गते २०८३

कुलमानलाई लक्षित गर्दै पोखरेलले भने– उज्यालो नेपाल बनाउने योजना एउटाको जस अर्कैले लिए

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गरेका छन् । विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले यस्तो कटाक्ष गरेका हुन् । २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेका थिए । उनले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ  मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिएका थिए ।

२०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोसेडिङ मुक्त गर्न तत्कालिन सरकारले काम गरेको थियो । सोही वर्षको कात्तिक देखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो । यो कामको जस तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन् । सामाजिक सञ्जालमा भने घिसिङ लाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो ।

तर उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ताचाँही ओली नै भएको महासचिव पोखरेलको दाबी छ । घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज विहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार