शुक्रवार, आश्विन १६ गते २०८३

हेलिपोर्ट भ्रष्टाचार प्रकरण : महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ । नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज विशेष अदालतमा उपस्थित गराइँदै छ।

सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माण गरेको अभियोगमा उनीहरू बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन्।

आज विशेष अदालतमा उनीहरूको बकपत्र हुनेछ भने यो पक्रिया सकिए आजै थुनछेक बहस सुरु हुनेछ। तर आजै थुनछेक सुरु हुने सम्भावना कम छ। 

लामो समयको अनुसन्धानपछि बुधबार नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार