शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस नेता कृष्णप्रसाद मधेशको मुख्यमन्त्री नियुक्त

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयभित्रै ६ दलको समर्थनमा यादवले दाबी पेश गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यादव मधेश प्रदेशले छैटौं मुख्यमन्त्री बनेका छन् । मधेशमा कांग्रेस नेता पहिलोपटक मुख्यमन्त्री बनेका छन् । यसअघि नेकपा एमालेका सरोज यादव मुख्यमन्त्री बनेका थिए । उनी मुख्यमन्त्री बनेपछि सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । उनले विश्वासको मत लिने बेला राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार