शुक्रवार, आश्विन १६ गते २०८३

विद्या श्रेष्ठले छाडिन् उज्यालो नेपाल पार्टी

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफूले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको उनले घोषणा गरेकी हुन् । हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको जनाएकी हुन् ।

सडक विस्तारमा सरकारले बल प्रयोग गरेर मानवअधिकार विरोधी काम गरेको उनको टिप्पणी छ । ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु’, उनले लेखेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार