आइतवार, श्रावण २४ गते २०८३

धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

आइतवार , मंसिर २१, २०८२

काठमाडौँ । सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा धादिङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

शनिबार साँझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए। 

मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिडङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस छन्। अर्का करिब ३५ वर्षीय मृतक युवकको अझै पहिचान खुल्न सकेको छैन ।

काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय गाडी (डिब्बा), ना.४ ख ७१५ नम्बरको ट्रक, लु.९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे-३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग.१ ख ८५५१ नम्बरको बस / बा.१ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार