शुक्रवार, आश्विन १६ गते २०८३

गृहजिल्लामा जनार्दन शर्मालाई कालो झण्डा देखाइयो

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मालाई कालो झण्डा देखाइएको छ । 

नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गठन गरेपछि शर्मा आज बिहान रुकुम पश्चिम पुगेका हुन् । उनी काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाजमार्फत सदरमुकाम खलंगा पुगेका थिए । 

उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार