काठमाडौं । जेनजी आन्दोलनका बेला जलेको सिंहदरबार अवलोकन गर्न गएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अहिले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरिरहेकी छन् ।
सिंहदरबारमै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भण्डारी पुगेकी हुन् । दुवै जनाबीच छलफल चलिरहेको छ । आइतबार दिउँसो सिंहदरबार अवलोकन गर्न पुगेकी उनले प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्न लागेकी हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो । भण्डारी पहिलो पटक त्यसको अवलोकनमा गएकी हुन् ।