काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा गर्ने भएको छ ।
सिफलमा सभा गर्नुअघि र्याली समेत निकालिएको छ । पार्टीका अध्यक्ष साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । श्रम संस्कृति पार्टीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि र्याली आयोजना गरेको हो ।
बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ ।