शुक्रवार, आश्विन १६ गते २०८३

लेखा परीक्षण प्रतिवेदन नबुझाउँदा ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ खारेज

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । निर्वाचन आयोगले ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ नामक राजनीतिक दललाई खारेज गरेको छ । पार्टीले तोकिएको समयमा आफ्नो लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाउन नसक्दा दल खारेज भएको हो ।

आयोगका अनुसार पार्टीको तीन वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाउन बाँकी रहेको छ । राजनीतिक दलसम्बन्धी कानुनअनुसार हरेक दलले पुष मसान्तसम्ममा लेखा परीक्षण गरेर माघ मसान्तभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

उक्त नियम पालना नगर्दा दल खारेज भएको आयागले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार