शुक्रवार, आश्विन १६ गते २०८३

मतदाता नामावलीमा त्रुटि भए मंसिर २६ गतेसम्म सच्याउन सकिने

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ ।

aaa

साथै आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि अनलाइन वा प्रदेशजिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार