शुक्रवार, आश्विन १६ गते २०८३

व्यवस्थाबारे जनमत संग्रह गर्न प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग, पुस २ गतेसम्म जवाफ आउने

सोमवार , मंसिर २२, २०८२

काठमाडौँ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले जनमत संग्रहको माग राखेको र २ पुससम्मको अल्टिमेटम दिएको बताए ।

उनले भने, ‘मैले राजसंस्था पुन:स्थापना लगायतका विषयमा जनमत संग्रहमा जाउँ भने । प्रधानमन्त्रीले पुस २ गतेसम्म डिसिजन दिन्छु भन्नुभएको छ ।’ माग पूरा भएन भने चुनाव हुनै नसक्ने प्रसाईँले ठोकुवा गरे ।

उनले भने, ‘माग पूरा भएन भने जनविद्रोह हुन्छ, चुनाव हुँदैन भनेर भनिदिएको छु ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार