काठमाडौं । राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ ।
राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् । प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका छन् । उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा वृहत् सभा कार्यक्रम आयोजना गरेको हो ।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।