आइतवार, श्रावण २४ गते २०८३

‘झुम्केली बौजु’पछि रेखाको आवाजमा अर्को गीत ‘माया बस्ला है’ (भिडियोसहित)

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। चर्चित देउडा गायिका रेखा जोशीको आवाजमा ‘मायाँ बस्ला है’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा गायिका जोशीलाई डिकेश मगरले स्वरमा साथ दिएका छन्। जोशीले नयाँ गीतबारे लेख्दै रेखाले “माया बस्ला है“ सधै गाउने देउडा भन्दा अलि फरक धारको गित भएको बताएकी छन्। विवेक शाहको शब्द रहेको गीतमा महेन्द्र विष्टले संगीत भरेका छन्। भिडियोमा रेखा राई, रोहीत बाबा, र विमल स्याङ्जालीको अभिनय रहेको छ।

गीतको भिडियो निर्देशन दिपक भण्डारीले गरेका छन्। यसअघि पनि गायिका जोशीका धेरै गीत चर्चित छन्। यही साता मात्रै ‘झुम्केली बौजु’ बोलको गीत सार्वजनिक भएको थियो। जसलाई निकै रुचाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार