सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो।
सर्वोच्चले उनको सरुवा बदर गर्दै प्राधिकरणमै फर्काउन परमाआदेश दिएको हो। ऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। आफूलाई कार्यकारी निर्देशकबाट हटाउने घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए।
ऊर्जामन्त्री घिसिङले गएको असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।