काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्।
नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ। कांग्रेसको क्षेत्रीय समिति बैठकले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेको हो। यो क्षेत्रबाट थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंह पनि उम्मेदवार सिफारिस भएका छन्।