शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको  बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् ।

Capture

उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार