शुक्रवार, आश्विन १६ गते २०८३

महाधिवेशनका लागि एमालेले सुरु गर्‍यो काठमाडौंमा घरदैलो अभियान

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि काठमाडौंका घरघरमा पुगेर निमन्त्रणा दिन सुरु गरेको छ ।

बुधबार काँडाघारीस्थित वीरेन्द्र चोकबाट निमन्त्रण अभियान सुरु गरिएको एमालेले जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले काठमाडौं महानगरपालिका– २ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारीमा भएको कोण सभामार्फत अभियानको सुरुवात गरेका छन् ।

निमन्त्रणा कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी छन् ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने दाबी एमालेले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार