आइतवार, श्रावण २४ गते २०८३

कस्तो रहला आजको मौसम ?

बिहिवार , मंसिर २५, २०८२

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ । यसै क्रममा बिहीबार बिहान ५ : ४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस पुगेको छ । बुधबार पनि यो समयमा उपत्यकाको न्यूनतम तापक्रम त्यति नै थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार