शुक्रवार, आश्विन १६ गते २०८३

आज समानुपातिकतर्फ आवेदन दिएका दलले नाम फिर्ता लिन सक्ने

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकाहरूलाई नाम फिर्ता लिन आजको समय निर्धारण गरेको छ ।

आयोगले सूचना प्रकाशन गरी आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जानकारी दिएको हो । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १०० राजनीतिक दलले आवेदन दिएको छन् ।

प्राप्त आवेदनबारे अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न समय दिएको थियो ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाछ छानिनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार