शुक्रवार, आश्विन १६ गते २०८३

पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ : ओली

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको बताएका छन् ।

बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर संवादका क्रममा उनले यस्तो बताएका हुन् । ओलीले भने, ‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ । आठौंमा हराइँए, नवौंमा लडेर जितेँ, पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ । अरु पार्टीमा पनि मैले विभिन्न हिसाबले चर्को दबाब दिएको हुँ ।’

ओलीले आउँदो महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास समेत व्यक्त गरेका छन् । ओलीले भने, ‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ, फेरि पनि अलिक आशा छ मलाई कि मेरोविरुद्ध कोही नउठ्ला । म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो । त्यसो गर्दाखेरि राम्रो हुन्छ ।’

यद्यपि, उनले भोलि बस्ने सचिवालय बैठमा यसबारे छलफल हुने पनि बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार