आइतवार, श्रावण २४ गते २०८३

आज कस्तो रहला देशभरको मौसम ?

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसबीच शुक्रबार बिहान काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । बिहीबार पनि यो समयमा उपत्यकाको न्यूनतम तापक्रम त्यति नै थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार