यस्तै मनोनीत प्रतिनिधि टुंग्याउने तथा केन्द्रीय कमिटी बैठकमा लैजाने एजेन्डामा पनि छलफल हुने छ। एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए। उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए।
वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ। योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी कुल सहभागी संख्या २५७१ हुनेछ।