शुक्रवार, आश्विन १६ गते २०८३

च्यासलमा सचिवालय बैठकअघि पत्रकार सम्मेलन गर्दै एमाले

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ । शनिबार सुरु हुने आफ्नो एघारौँ महाधिवेशनबारे नेकपा एमालेले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको छ।  पत्रकार सम्मेलन अहिले बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरिने एमालेले जानकारी दिएको छ। 

पत्रकार सम्मेलनमा यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुर र काठमाडौँमा हुने महाधिवेशनको तयारीलगायत सम्पूर्ण विषयमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनेछन्। 

एमालेले महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गर्दै छ भने त्यसपछि बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा गर्नेछ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार