शुक्रवार, आश्विन १६ गते २०८३

चार मन्त्री थपिने हुँदा भूमिमन्त्री सिन्हाको एउटा मन्त्रालय फेरिने

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (शुक्रबार) चार नयाँ मन्त्री थपिने भएसँगै तीन मन्त्रालय सम्हालिरहेका अनिलकुमार सिन्हाको एउटा मन्त्रालय फेरिने भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने भएपछि यसको सट्टामा सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको हो । बाँकी दुई– उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने उनको यथावत् रहनेछ ।

आज इङनामलाई भूमि तथा माधव चौलागाईँलाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारीलाई  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खुवाउन लागिएको हो ।

शपथ कार्यक्रम दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार