आइतवार, श्रावण २४ गते २०८३

पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार