काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको हो ।
दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ । स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिँदैछ ।
तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिादै आएको छ । यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना देखिएको छ ।
अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारीले पनि सचिवालय बैठकमा नेताहरूको चासो छ ।