शुक्रवार, आश्विन १६ गते २०८३

एनपीएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री कार्की

शनिवार , मंसिर २७, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल्न लागेका दुवै टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत् सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले एनपीएल क्रिकेट उत्सवले सिङ्गो देशलाई जिताएको र जगाएको उल्लेख गर्नुभएको छ ।

सारा नेपालीलाई जोड्दै, सुरक्षा संशयलाई पनि चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश एनपीएलले विश्वभर पुर्याएको प्रधानमन्त्रीको भनाइ छ ।

एनपीएल क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । खेल दिउँसो साढे तीन बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार