शुक्रवार, आश्विन १६ गते २०८३

पार्टीभित्र चुनाव नलड्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले घोषणा

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनीहरूले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेका हुन् । शाक्यले भनिन्, ‘म अब चुनावमा उठ्दिनँ । मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । यस्तै युवराज ज्ञवालीले आफू चुनाव नलड्ने तर पार्टीमा सक्रिय भइरहने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार