शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइन्

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को ‘आठौँ वार्षिक प्रतिवेदन’ राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकी छन् ।  

शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रस्तुत प्रतिवेदन नेपालको संविधानको भाग २८, धारा २६६ को उपधारा (३) बमोजिम तयार गरिएको हो । आर्थिक वर्ष २०८१/८२ का दौरान राष्ट्रिय सुरक्षा परिषद्बाट भएका महत्त्वपूर्ण निर्णय, सम्पादित प्रमुख कार्यहरू तथा समग्र सुरक्षा विश्लेषण समेटिएको प्रतिवेदनले मुलुकको राष्ट्रिय सुरक्षा व्यवस्थापनको अवस्था र दिशालाई स्पष्ट रूपमा चित्रण गरेको छ ।

समारोहमा प्रतिवेदनमार्फत आन्तरिक तथा बाह्य सुरक्षा चुनौती, समन्वयात्मक नीति–निर्णय, सुरक्षा संस्थाबीचको सहकार्य र रणनीतिक प्राथमिकताहरूको समीक्षा गरिएको उल्लेख गरिएको छ । यसले आगामी दिनमा राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि आवश्यक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारलाई चुनावमा केन्द्रित हुन सुझाव दिएका छन् । उनले सरकारलाई प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सुझाव दिएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार