काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि संस्थापन इतर पक्षले पदाधिकारीमा ४ जनाको नाम टुंगो लगाएको छ।
थापा गाउँस्थित कार्यालयमा जारी छलफलबाट इतर पक्षले अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवमा गरी चार जनाको नाम टुंगो लगाएको हो ।
अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिनेछन्। त्यस्तै एक उपाध्यक्षमा गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ। बाँकी उम्मेदवारबारे छलफल भइरहेको छ।
ओली समूहतर्फ पदाधिकारीका आकांक्षी धेरै भएकाले कुन पद कसलाई दिने भनी टुंगो लगाउन धेरै कसरत गर्नुपरेको छ।