आइतवार, श्रावण २४ गते २०८३

लडेर बन्दुक पड्कँदा साथीको मृत्यु

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुई जनामध्ये अघिल्लो साथीलाई ठेस लागेर लड्दा पछाडिको साथीको मृत्यु भएको छ ।

राक्सिराङ–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पडिक्एर पछाडि रहेका थिङको मृत्यु भएको हो ।

ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताए । घटना आइतबार दिँउसोको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार