काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल विरूद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुने भएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उनको सुनुवाइ हुन लागेको हो। उनको मुद्दा ३ नम्बरमा राखिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गा खरिद गर्न अनुमति दिने र बिक्री समेत गर्न दिएको आरोप छ।