काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मदवारी दिने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा केन्द्रीय सदस्यमा मात्रै परेपछि उनले त्यसमा असन्तुष्टि जनाएका हुन् । उनी सचिव पदका दाबेदार थिए । ओलीले कोसी प्रदेशबाट हिक्मत कार्की र भानुभक्त ढकालालई सचिवको उम्मेदवार बनाउँदा आफूलाई केन्द्रीय सदस्यको सूचीमा मात्रै राखेपछि उनले स्वतन्त्ररुपमा लड्ने घोषणा गरेका हुन् ।
गौतमले भने, ‘म उपमहासचिव पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिन्छु, पुष्पलाल, मदन भण्डारी र केपी ओलीको उम्मेदवार हुँ । जनताको बहुदलीय जनवादको रक्षा र गणेश प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो ।’