शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको अध्यक्ष पदका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार