शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको भावि अध्यक्ष बन्न ओली र पोखरेलबीच भिडन्त, भोलि मतदान हुने

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

निवर्तमान अध्यक्ष ओलीले सोमबार दिउँसो अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले सोमबार दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भोलि मंगलबार मतदान हुने कार्यतालिका छ । ओली र पोखरेल दुवैले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार