आइतवार, श्रावण २४ गते २०८३

११ वटा निर्माण कम्पनी परे कालो सूचीमा (नामावली)

मंगलवार , पौष १, २०८२

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

एक वर्षदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

kalosuchi-455x768.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार