शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा आज मतदान हुँदै

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आज मतदान हुँदैछ ।

मतदानको तयारी तीव्र पारिएको छ । नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा बिहानैदेखि चहलपहल बढेको छ । उम्मेदवार र समर्थक देशभरबाट आएका प्रतिनिधिसँग मत मागिरहेका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् । ८० विद्युतीय भोटिङ मेसिनमार्फत हुने मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

निर्वाचन ४ बजेदेखि सुरु हुनेछ । अब केही बेरमा प्रतिनिधिहरूलाई कसरी भोट हाल्ने भनेर प्रशिक्षण दिने काम सुरु गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार