शुक्रवार, आश्विन १६ गते २०८३

ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरे

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ ।

मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ ।

दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार