शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशनमा १४ जनाले लिए उम्मेदवारी फिर्ता, दुईको खारेज

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा आज मतदान हुँदैछ ।

भृकुटीमण्डपमा मतदानको तयारी तीव्र छ । बिहानैदेखि नयाँ नेतृत्वका लागि चहलपहल बढेको छ । देशभरबाट आएका प्रतिनिधिसँग उम्मेदवार र समर्थकहरू मत माग्दै छन् । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको छ ।

यस क्रममा पासाङ लामा शेर्पा र लुम्बिनीका धर्मराज गिरीको उम्मेदवारी खारेज भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यसैगरी १४ जना केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

तीमध्ये खुला र समावेशी क्लस्टरका धेरै छन् । उनीहरूले मुख्यतः नागरिकता पेस गर्न नसकेको कारण देखाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार