शुक्रवार, आश्विन १६ गते २०८३

किन भयो पासाङ शेर्पाको उम्मेदवारी खारेज ?

मंगलवार , पौष १, २०८२

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ ।

बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो । उनलाई बहुविवाह मुद्दामा अदालतले १ वर्ष जेल र ५ हजार जरिवानाको फैसला गरेको थियो । कैदबापत दिनको ३०० रुपैयाँका दरले कुल १ लाख ९ हजार ५ सय रुपैयाँ तिरेर उनी छुटेका थिए ।

उनलाई प्रहरीले गत कात्तिक १८ गते पक्राउ गरेको थियो । जसले गर्दा पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार