काठमाडौँ । नेकपा एमालेको भावि अध्यक्षका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् ।
मंगलबार भृकुटीमण्डपस्थित मतदानस्थलमा दुवै नेता एकै ठाउँमा देखिएका छन् । मतदानका लागि मतदाताहरू लाइनमा बसेका छन् । मतदान राति ९ बजेदेखि सुरु हुने भएको छ । मतदानका लागि प्रतिनिधिहरु लामबद्ध हुन थालेका छन् ।
मतदानस्थल भृकुटीमण्डपमा दिउँसो ३ बजे उम्मेदवारको संशोधित र अन्तिम नामावली प्राप्त भएपछि नाम प्रविष्ट गर्न सुरु गरिएको थियो । महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २ हजार २६३ जना प्रतिनिधि छन् । उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । २२६३ जनाले ८० वटा उपकरणमा मतदान गर्दा एकजनालाई ३० देखि ३५ मिनेट समय लाग्ने अनुमान गरिएको छ । मतदान सकिन मंगलबार दिउँसो १ देखि २ बजेसम्म पर्खनु पर्ने अनुमान गरिएको छ ।