शुक्रवार, आश्विन १६ गते २०८३

सिंहदरबारमा सरकार र दुर्गा प्रसाईँ समुहबीच वार्ता

मंगलवार , पौष १, २०८२

काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ । आज सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो । 

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेको सञ्चार मन्त्रालयले जनाएको छ । 

आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार