शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशन : मतदानको समय सर्यो, भोलि बिहान ८ बजेदेखि सुरु हुने

मंगलवार , पौष १, २०८२

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्। आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक-पटक सारिएको थियो।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ। एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्। प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार