काठमाडौँ । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यतिखेर प्रतिनिधिहरु लाइनमा बसेका छन् भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।
एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।